प्रजातन्त्र दिवसकै दिन…..

प्रजातन्त्र दिवसकै दिन तारकेश्वरमा ११९ जनाले गरे रक्तदान

काठमाडौँ । फागुन ७ गते प्रजातन्त्र दिवसको अबसर पारेर सचेतना नागरिक संस्था नेपालले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान नै जीवन दान भन्ने मुल नारालाई आत्मसात गर्दै सुरु भएको रक्तदान कार्यक्रममा सिङ्गो तारकेश्वर नगरपालिकाबाट ११९ जनाले रक्तदान गरेका छन् ।आयोजक संस्थाका अध्यक्ष दिपु उप्रेती र सदस्य टपिन्द्र केसीले कार्यक्रममा रक्तदाताहरुको उत्साहपूर्ण सहभागिता रहेको जानकारी गराएका छन् । सचेतना नागरिक संस्था भर्खरै दर्ता भई पहिलो कार्यक्रम भएको र उक्त संस्था बिशुद्ध सामाजिक संस्था रहेको आयोजकको भनाई छ । साथै संस्था सामाजिक उत्तरदायित्व बहन गर्दै विकृति विसंगती विरुद्ध खवरदारी गर्ने सचेत नागरिकहरूको समुह भएको पनि अध्यक्ष दिपु उप्रेतीले जानकारी दिए ।

नयाँ संस्थाको पहिलो कार्यक्रम नै सोमबारको रक्तदान रहेको र कार्यक्रम पुर्ण रुपमा सफल भयको हुँदा आगामी कार्यक्रमहरु झन उत्साह पुर्वक गर्नको निम्ति आत्मबल बढेको कुरा संस्थाका सदस्य टपिन्द्र केसि र सबिन गौतमले बताए ।
रक्तदान कार्यक्रम दियालो फुडल्यान्ड तारकेश्वर ११ मा सम्पन्न भएको हो । सचेत नागरिक संस्थालाई उर्जा प्रदान गर्न सहयोगी भुमिकामा दियालो फुडल्यान्ड/ इन्डिगो पेन्टस / शेसमती इन्भस्टमेन्ट/ भोजपुरे सुनचादी पसल/ तारकेस्वर सरसफाइ/ बेलिजाइ समूह/ दक्षिणकाली अफसेट प्रेस/ सुख शान्ती मिडिया/ ब्लड निड जस्ता संस्थाहरु रहेको कुरा आयोजक ले जानकारी गराएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
× How can I help you?