काठमाण्डौ । समाजमा रहेको व्यापक भ्रष्टाचार व्यथिति र अव्यवस्थित प्रकृयालाई जरैबाट उखेलेर फाल्न पर्छ भन्ने मान्यता राखेर गठन भएको सचेतना नागरिक संस्था नेपालले यस भन्दा अगाडि विभिन्न समाज सेवाको काम गर्दै आएको संस्थाले शोक सभा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमा प्रमुख अतिथि माननीय सस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हित ब.तामाङ हुनुहुन्थ्यो भने विभिन्न समाजसेवी पत्रकार शुभचिन्तक आफन्तहरूको समेत बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिपु उप्रेतीले वरिष्ठ लोक गायक (घाँसे गीत) दलबहादुर डंगोलको अकल्पनीय र असामयिक निधनले सम्पूर्ण लोकगीत र संगीतका पारखीहरु मर्महित भएको बताउनुभएको थियो। उहाँको सम्मान तथा सम्झनामा आयोजित श्रद्धाञ्जली सभा तार्केश्वोर धाम (गुम्बा) काठमाडौं महानगर वडा नं. १६ मा गरिएको थियो।