करदाता सचेतना शिक्षा कार्यक्रम…..

सचेतना तालिम दिँदै “सचेतना नागरिक संस्था”

काठमाण्डौ २०८१ जेष्ठ २२, मंगलवार

समाजमा रहेको व्यापक भ्रष्टाचार व्यथिति र अव्यवस्थित प्रकृयालाई जरैबाट उखेलेर फाल्न पर्छ भन्ने मान्यता राखेर गठन भएको “सचेतना नागरिक संस्था” नेपालले अब स्थानिय तहमा स्थानिय जनतालाई करदाता सचेतना शिक्षा तालिम कार्यक्रममा तारकेश्वर नगरपालिका सङ्ग मिलेर काम गर्ने भएको छ ।

यस भन्दा अगाडि विभिन्न समाज सेवाको काम गर्दै आएको यो संस्थाले केही हप्ता अगाडि वरिष्ठ घाँसे लोक गायक दलबहादुर डङ्गोलको श्रद्धाञ्जली सभा कार्यक्रमा प्रमुख अतिथि माननीय सस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हित ब.तामाङ हुनुहुन्थ्यो भने विभिन्न समाजसेवी पत्रकार शुभचिन्तक आफन्तहरूको समेत बाक्लो उपस्थितिमा हातेमालो गरेको थियो । संस्थाले समाजको बिकृती र विसंगतिको बारेमा सधै आवाज उठाउँदै आइरहेको छ । करदाता सचेतना शिक्षा करदाताहरुलाई कसरी सहि तरिकाले कर तिर्ने र आफ्नो व्यवसाय लगायत अन्य कुराहरुमा पनि नगरपालिका संग हातेमालो गर्ने कुराहरुलाई प्रथमिकतामा राखिने कुरा सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीले बताएका छन् ।

 

तालिम दिने संस्थाहरुमा आन्तरिक राजस्व कार्यालय बालाजु घरेलु तथा साना उधोग बिभाग काठमाडौ राजस्व शाखा तार्केश्वर नगरपालिका छन् । कार्यक्रम २०८१ जेष्ठ २६ गते शनिबारको दिन टुशाल मल्टिभेनु तारकेश्वर ८ मा हुने हुँदा सम्पुर्ण तारकेश्वर बासी लगायत शुभ चिन्तकहरुमा हार्दिक निमन्त्रणा समेत गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
× How can I help you?