करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिकाको आयोजनामा र सचेतना नागरिक संस्था-नेपालको सहकार्यमा नगरस्तरीय कार्यक्रम सम्पन्न

तारकेश्वर, काठमाडौँ । २०८१ जेष्ठ २६ गते शनिबार –  सचेतना नागरिक संस्था-नेपाल र तारकेश्वर नगरपालिकाकाे सहकार्यमा टुसाल मल्टी भेन्युमा उप-प्रमुख सृजना बुर्लाकोटी अर्यालज्युको अध्यक्षतामा नगरस्तरीय करदाता सचेतना शिक्षा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

तारकेश्वर नगरपालिका धर्मस्थलि काठमाडौं र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर ११ को सहकार्यमा काठमाडौंको टुसाल मल्टि भेन्युमा शनिवार दिउसो भएको कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका विभिन्न ब्यावसायी तथा करदाताहरुको सहभागीता रहेको थियो। कार्यक्रमको अध्यक्षता नगर उप प्रमुख सिर्जना बुर्लाकोटी अर्यालले गरेकी थिइन भने कार्यक्रम समय पौडेलले संचालन गरेकि थिइन् ।

कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख कृष्ण हरि महर्जन, बिशेष अतिथिमा प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पाण्डे र अन्य अतिथिहरुमा उद्योग वाणिज्य महासंघका रामचन्द्र दाहाल, आन्तरिक राजस्व कार्यलयका रबिन शाह, हेमन्त फुयाल, सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य , सागर अर्यालले गरेका थिए भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले गमलामा पानी राखेर गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि महर्जनले “करको दायरालाई फराकिलो, ब्यवस्थित र पारदर्शिताका लागि विभिन्न शिर्षकमा सचेतना कार्यक्रमहरु गर्दै आएका छौ, र घर देखि राष्ट्र निर्माण सम्मका लागि अर्थ ब्यवस्थापन नितान्तै आवश्यक रहने हुँदा राजस्व ब्यवस्थापनमा नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेलेको छ, नगरको समग्र बिकासका साथै, सब्य र सुन्दर नगर निर्माणका लागि ब्यवस्थित अर्थ नीति निर्माण गरि लागि परिरहेको ” कुरा नगर प्रमुख महर्जनले बताए ।

पहिलाे र दाेस्राे चरणमा सम्पन्न सचेतना नागरिक संस्था नेपालकाे मुख्य भूमिका रहेको कार्यक्रममा बोल्दै सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीले कार्यक्रमको उद्धेश्य र आगामी दिनहरुमा संस्थाले खेल्नु पर्ने भुमिकाको बिषयमा स्पष्ट पार्दै भने, “यो कार्यक्रम नितान्त करदाताहरुलाई सरल सेवा सुविधाका लागि सचेतना जगाउने मात्र नभई आगामी दिनहरुमा करदाताहरुले तिरेको करको सदुपयोग र उचित ब्यवस्थाप हुनु पर्छ” र यो कार्यक्रमले एउटा जागरण पैदा गर्ने छ र आगामी दिनहरुमा सबैले सचेत नागरिकको पहिचान सहित सबैले समयमै कर तिरी सचेत नागरिकको पहिचान दिनेमा जोड दिने कुरा ब्यक्त गरे । सचेत नागरिक संस्था नाफामुलक संस्था नभयर सेवामूलक संस्था भएको कुरा अध्यक्ष उप्रेतीको थियो ।आफ्नाे धारणा सहित कार्यक्रम समापन समेत गरेका थियो ।

पहिलाे र दाेस्राे शेषणमा सम्पन्न सचेतना नागरिक संस्था नेपालकाकाे मुख्य भूमिका रहेको कार्यक्रममा बोल्दै सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीले कार्यक्रम को उद्धेश्य र आगामी दिनहरुमा संस्थाले खेल्नु पर्ने भुमिकाको बिषयमा स्पष्ट पार्दै भने ,”यो कार्यक्रम नितान्त करदाता हरुलाई सरल सेवा सुविधाका लागि सचेता जगाउने मात्र नभई आगामी दिनहरुमा करदाताहरुले तिरेको कर को सदुपयोग र उचित ब्यवस्थाप हुनु पर्छ” र यो कार्यक्रमले एउटा जागरण पैदा गर्ने छ र आगामी दिनहरुमा सबैले सचेत नागरिकको पहिचान सहित सबैले समयमै कर तिरी सचेत नागरिकको पहिचान दिनेमा जोड दिने कुरा ब्यक्त गरे । सचेत नागरिक संस्था नाफामुलक संस्था नभयर सेवामूलक संस्था भयको कुरा अध्यक्ष उप्रेतीको थियो ।आफ्नाे धारणा सहित कार्यक्रम समापन समेत गरेका थियो ।

नागरिकमा सचेतना ल्याउनु हरेक जाे कसैले सचेतना अपनाउनु सचेत रहनु भन्ने मुल नारा बाेकेकाे सचेतना नागरिक संस्थाले स्थापना भएकाे एक बर्ष नपुग्दै आम नगरबासीमा महत्वपुर्ण र ऐतिहासिक काम सम्पन्न गर्दै आईरहेकाे छ।

कार्यक्रममा आफ्नाे मन्तब्य सहित प्रमुख अतिथि नगर प्रमुख कृष्ण हरि महर्जन ज्युले उद्घघाटन गर्नुभएको यस कार्यक्रममा साेही नगरका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त ज्यु, वडा न. ३ का वडा अध्यक्ष परशुराम अर्याल ज्यु, आन्तरिक राजश्व कर कार्यालय बालाजुका कर अधिकृत हेमन्त फुयाल ज्यु, कर अधिकृत रवि शाह ज्यु, उधोग तथा बाणिज्य कार्यालयका उधोग अधिकृत रामचन्द्र दाहाल ज्यु, तारकेश्वर नगरपालिकाका शाखा अधिकृत सागर अर्याल ज्यु, कर्मचारी, करदाता सेवाग्राही र पत्रकारको उपस्थिती रहेको थियो । नगर प्रमुख कृष्ण हरि महर्जन ज्यु र उप-प्रमुख सृजना बुर्लाकोटी अर्याल ज्युले कर करले हाेईन रहरले तिराै भन्ने धारणा राख्नुभएको थियो। प्रशिक्षक उधोग तथा बाणिज्य कार्यालयका उधोग अधिकृत रामचन्द्र दाहाल ज्युले औधोगिक प्रबर्ध्दन कानुन: दर्ता, नविकरण र खारेजी सम्बन्धी प्रस्तुतीकरण दिनुभएकाे थियाे। यसैगरी आन्तरिक राजश्व कर कार्यालय बालाजुका कर अधिकृत हेमन्त फुयाल ज्युले करदाता शिक्षा र तारकेश्वर नगरपालिकाका राजस्व शाखा प्रमुख सागर अर्याल ज्युले स्थानिय कर सम्बन्धी प्रस्तुतिकरण दिनुभयो । सहभागी सम्पुर्ण करदाताहरुले राख्नु भएको जिज्ञासाको जवाफ प्रशिक्षकहरुले आ-आफ्नाे क्षेत्रबाट दिनुभएको थियो ।

4 thoughts on “करदाता सचेतना शिक्षा कार्यक्रम सम्पन्न”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
× How can I help you?