तारकेश्वर, काठमाडौं – सचेतना नागरिक संस्था नेपालले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर वार्षिक साधारण सभा, रक्तदान कार्यक्रम तथा तारकेश्वर नगरपालिकाको नगर गीत विमोचन कार्यक्रम गर्ने भएको छ।
संस्थाले सामाजिक कार्यमा सक्रियता जनाउँदै आएको छ र यसपटकको कार्यक्रममा रक्तदान जस्तो जीवनदायी कार्यलाई प्रवर्द्धन गर्न विशेष जोड दिइनेछ। रक्तदान कार्यक्रममा युवाहरू, समाजसेवी, तथा नगरवासीलाई सहभागी हुन आह्वान गरिएको छ।
यसै क्रममा तारकेश्वर नगरपालिकाको नवीनतम नगर गीतको औपचारिक विमोचन गरिनेछ, जसले नगरको पहिचान, संस्कृतिलाई उजागर गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा प्रतिष्ठित व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा सचेत नागरिकहरूको उपस्थिति रहनेछ। संस्था अध्यक्ष तथा आयोजकहरूले यस कार्यक्रमले सामाजिक एकता र सेवाको भावना जागृत गर्ने विश्वास व्यक्त गरेका छन्।
स्थान र समय:
📍 कार्यक्रम स्थल: तारकेश्वर नगरपालिका वडा न. ६ को पुरानो वडा कार्यालय भवन, धर्मस्थली प्रहरी चौकी संगै
⏰ समय: फागुन ७ गते, बिहान १० बजे देखि दिउँसो २ बजेसम्म
सहभागी भएर समाजप्रति आफ्नो दायित्व निर्वाह गर्न सबैमा अनुरोध छ।