विश्व वातावरण दिवस …..

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वरमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा राजधानीको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम २०८१ सम्पन्न गरिएको हो। सचेतना नागरिक संस्था नेपालको आयोजनामा बुधबार बिहान सरसफाइ तथा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।

सस्थापक सदस्यहरु

अभियानका संयोजक सबिन गौतमले तारकेश्वर नगरपालिका वडा नम्बर ८ बाट सुरु भएको बृहत वृक्षारोपण कार्यक्रम गर्दै सरसफाइ वडा नम्बर १ को शान्तिधाम परिसरभित्र पुगेर लामो समयदेखि फोहोर अवस्थामा रहेको शौचालय वरिपरि र सडक किनारा सरसफाई गरी सम्पन्न गरिएको जानकारी दिए। सोही क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए ।

शान्तिधाम

कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष दिपु उप्रेती, सचिव सुनल भुजल मानन्धर, सदस्यहरु कृष्ण खड्का, सबिन गौतम, उत्तम पोखरेल, टपीन्द्र बहादुर केसी, सविन तामाङ, बासुदेव लामा, इन्द्रमान महर्जन लगायत सामाजिक अगुवाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै संस्थाको सचिव सुनल भुजेल मानन्धरले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राखे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
× How can I help you?